स्तुत विषयमा यस खप्तडछान्ना गाउँपालिकाको आ.व. २०८३/०८४ को वार्षिक विनियोजित बजेट तथा कार्यक्रम अन्तर्गत उपभोक्ता समितिमार्फत कार्यान्वयन हुने योजनाहरूको तपसिलमा उल्लेखित मिति, समय र स्थानमा आवश्यक कागजात तथा प्रक्रिया पूरा गरी योजना सम्झौता गर्न आउनुहुन सम्बन्धित सबै उपभोक्ता समितिको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ।
तपसिल
| क्र.सं | मिति | समय | स्थान | सहभागी वडा |
| १ | २०८३/०८/२१ | कार्यालय समय | गाउँपालिकाको कार्यालय | वडा नं. १ |
| २ | २०८३/०८/२२ | कार्यालय समय | गाउँपालिकाको कार्यालय | वडा नं. ७ |
| ३ | २०८३/०८/२३ | कार्यालय समय | गाउँपालिकाको कार्यालय | वडा नं. ४ |
| ४ | २०८३/०८/२४ | कार्यालय समय | गाउँपालिकाको कार्यालय | वडा नं. ६ |
| ५ | २०८३/०८/२५ | कार्यालय समय | गाउँपालिकाको कार्यालय | वडा नं. ३ |
| ६ | २०८३/०८/२८ | कार्यालय समय | गाउँपालिकाको कार्यालय | वडा नं. ५ |
| ७ | २०८३/०८/२९ | कार्यालय समय | गाउँपालिकाको कार्यालय | वडा नं. २ |
नोट: योजना सम्झौता गर्दा आवश्यक पर्ने कागजातहरू १. योजना सम्झौताका लागि उपभोक्ता समितिको निवेदन। २. उपभोक्ता समिति गठनसम्बन्धी आमभेलाको निर्णय प्रतिलिपि। ३. योजना सम्झौता गर्ने सम्बन्धमा उपभोक्ता समितिको निर्णय प्रतिलिपि। ४. सम्बन्धित वडा कार्यालयको सिफारिस पत्र। ५. योजनाको लागत अनुमान (इस्टिमेट)। ६. काम सुरु गर्नुअघिका योजनास्थलका फोटोहरू। ७. उपभोक्ता समितिको आधिकारिक छाप। ८. उपभोक्ता समितिका सम्पूर्ण पदाधिकारीहरूको नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि।
पुनश्चः तोकिएको मिति तथा समयमा आवश्यक सम्पूर्ण कागजातसहित सम्बन्धित उपभोक्ता समितिका अध्यक्ष, सचिव र कोषाध्यक्ष अनिवार्य उपस्थित भई योजना सम्झौता गर्नुहुन अनुरोध छ।